महाधिवेशन पछि पहिलो पटक शेखर-शशांक

डिसी नेपाल
२९ असार २०७९ १३:२८
396
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन पछि पहिलो पटक डा.शेखर कोइराला र शशांक कोइरालाबीच भेटवार्ता भएको छ।
बिहीवार शशांक निवास महाराजगंजमा शेखर पुगेका हुन्।

१४ औँ महाधिवेशनमा दुवै कोइराला दाजुभाइ सभापतिका आकांक्षी थिए। तर शेखर सभापतिमा उम्मेदवार भएपछि शशांकले सहयोग नगरेको कोइराला निकट नेताहरु बताउँदै आएका थिए।

महाधिवेशन भएको ७ महिना यता कोइराला दाजुभाइको भेट भएको थिएन। लामो समय कोइराला दाजुभाइको भेटघाट बन्द भएकाले आजको भेटलाई अर्थपूर्ण तरिकाबाट हेरिएको छ।शशांक निकट एक नेताका अनुसार आजको भेटले केही नयाँ अर्थ बोकेको र दाजुभाईबीच कुनै तिक्तता नभएको दावी गरेका छन्।

‘हाम्रो पार्टीको १४ औँ महाधिवेशन पश्चात पहिलो पटक शेखरदा र शशांकदाबीच भेट भएको हो। र अर्को कुरा शेखरदा शशांक दाको निवासमा आउनु भएको हो। त्यसकारण आजको भेट राजनीतिक पनि थियो र पारिवारिक पनि थियो,’ ती नेताले भने। र आज शशांककी आमा शुशीला कोइरालाको श्राद्ध परेकाले पनि शेखर शशांकको निवास गएकाे ती नेताले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.