नेपाल सरकारका सचिव भन्छन्-थुइक्क जागिर !
काठमाडौं। निजामती सेवामा प्रवेश गरेर नेपालको सरकारको सचिव हुने धेरैको रहर हुन्छ। आफ्नो योग्यता र क्षमताले सचिव बनेकाहरुमा पनि भनेजस्तो गरी काम गर्न नसकेको वा नदिइएको गुनासो बेला बेलामा सार्वजनिक हुने गरेको छ।
यस्तै गुनासो बहालवाला सचिवले गरेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीले सामाजिक सञ्जाल फेसबुकमा सरकारी निकायप्रति असन्तुष्टि जनाउँदै आफ्नो जागिरे जीवनलाई धिक्कारेका छन्।
उनले अर्थमन्त्रालयमा बजेट माग्दा जाँदा सबै पैसा निकालेर आफ्नो निजी काममा खर्च गर्ला जस्तो गर्ने गरेको तितो अनुभव शेयर गरेका छन्।
उनले लेखेका छन्,‘अर्थमा बजेट माग्दा सबै पैसा निकालेर बाउको लगौंटी, आमार बुढीको धोती र बच्चाको नाना किन्ला जस्तो गर्छन्। सामान्यमा कर्मचारी माग्यो घरमा लगेर काम लगाउँछन् जस्तो गर्छन्। थुइक्क जागिर न छोड्न सकिने न राम्ररी तोकिएको काम गर्न सकिने। जय होस्।’
सचिव बुर्लाकाेटीले अर्थले भनेजति बजेट नदिएकाे र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक पर्ने कर्मचारी उपलब्ध नगराउँदा काम गर्न समस्या भएकाे संकेत गरेका छन्।








डिसी नेपाल








Facebook Comment