संसदमा गजेन्द्र महतको प्रश्न- शरणार्थीलाई हात धोएको पानी पनि नदिने हामी कस्ता नेपाली ?

डिसी नेपाल
३० असार २०७९ १७:३२
412
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रहादुर महतले भुटानी शरणार्थीप्रति नेपाल सरकारले बेवास्ता गरेको बताएका छन् ।

प्रतिनिधिसभा बिहीबारको बैठकमा नागरिक विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारले भुटानी शरणार्थीलाई पानीसमेत नदिएको बताए ।

‘भुटानले लखेट्यो, भारतले लखेट्यो । नेपाली मुलकका भनेर नेपाल आएर बसे । उनीहरुलाई न पानी दियौँ, न घाँस दाउरा दियौँ, न लास गाड्ने ठाउँ दियौँ, न नागरिकता दियौँ, न जागिर दियौँ,’ बैठक महतले भने, ‘तर, अमेरिकाले लग्यो । हामी भन्ने बेला नेपाली मूलकका भन्ने । उनलाई(शरणार्थीलाई) हात धोएको पानी पनि नदिने, हामी कस्ता नेपाली ?’

नागरिकता प्रदानमा फराकिलो मन बनाउनुपर्ने बताउँदै उनले भारतीय यहाँ दुःख गर्न नआउने बताए । ‘भारतको सबै सुखसुविधा छाडेर भारतीयहरु यहाँ नागरिकता लिन आउँछन् ?,’ उनले प्रश्न गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.