दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
३१ असार २०७९ ११:२७
596
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सेयर सूचिकृत हुनेमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्था रहेको छ।

आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९.६२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यस्तै, मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।  सोही बोनस अहिले सूचीकरण गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.