नेपाललाई श्रीलङ्का हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छः डा.कोइराला

डिसी नेपाल
३२ असार २०७९ १५:२६
20
Shares

नवलपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाललाई श्रीलङ्का हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिएका छन् । सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलङ्का हुनबाट जोगिने उनको भनाइ छ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा नेता डा कोइरालाले भने, “हाम्रा नेतृत्वहरु अहिले पनि के नेपाल श्रीलङ्का जस्तै हुन्छ भन्दै हिँडेका छन् तर सुशासन दिन्छौँ, पारदर्शिता अपनाउँछौँ, भ्रष्टाचार गर्दैनौँ भन्नुपर्छ । यति गर्न हामी श्रीलङ्का बन्दैनौँ ।” देश अप्ठ्यारो परिस्थितिबाट भने अगाडि बढिरहेको छ ।तर नेतृत्वहरुले बुझेर पनि बुझ पचाएका टिप्पणी उनको भनाई छ। ।

“नेपाल श्रीलङ्का बन्न लागेकोप्रति सबै नेपालीलाई चिन्ता छ”, कोइरालाले भने, “सबै नेपालीले कम्मर कसेर अठोट गरे अहिलेको अवस्थाबाट पार लगाउन सकिन्छ ।” भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलले लेखेका ‘लय छुटेको समय’ पुस्तक विमोचन गर्दै उनले आगामी निर्वाचनमा कांग्रेसको सिद्धान्त र विचारलाई कायम गर्दै कम क्षति हुनेगरी अघि बढ्नुपर्नेमा जोड दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.