आइतबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

डिसी नेपाल
१ साउन २०७९ १०:३७
1.1k
Shares

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार छापावाला सुनको मूल्य ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

यता चाँदीको  प्रति तोला १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.