यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५१ रुपैयाँ १५ पैसा र बिक्री दर १५१ रुपैयाँ ८६ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६३ पैसा र बिक्री दर ८७ रुपैयाँ ०४ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ३० पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २० पैसा र बिक्री दर ९ रुपैयाँ २५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९६ र बिक्री दर ३४ रुपैयाँ १२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६७ पैसा र बिक्री दर ९ रुपैयाँ ७१ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment