बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बरुण हाइड्रोपावर कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको १०० प्रतिशत हकप्रद सेयरपछिको सेयरमा मूल्य समायोजन भएको हो।
सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ २ सय ७१ रुपैयाँ ५ पैसा तोकेको छ। सोमबार यही मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ४ सय ४३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो। यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटलले गर्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment