सानिमा मिडल तमोर हाइड्रोपावरले आइपिओ जारी गर्न बोर्डसँग माग्यो अनुमति

डिसी नेपाल
२ साउन २०७९ १०:१८
32
Shares

काठमाडौं। सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैको लागि आइपिओ जारी गर्न अनुमति माग गरेको हो।

कम्पनीले ८३ लाख ३१ हजार २५० कित्ता आइपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो। यस आइपिओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.