सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको प्रति तोला १ हजार १ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment