आदर्श लघुवित्तको आइपिओ सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर सुचिकृत भएको छ । कम्पनीको २ लाख ७ हजार कित्ता आइपिओ सुचिकृत भएको हो ।
आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि निर्धारण गरिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसासम्मको रेन्ज तोकेको छ । यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ। यसको सेयर काराेबार गर्नका लागि एडीएलबी (ADLB) संकेत प्रदान गरिएको छ। यस कम्पनीको सेयर कारोबार मंगलबार (साउन ३ गते) बाट खुला हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment