मन्दाकिनी हाइड्रोपावरको आइपिओ साउन ९ गतेदेखि आउँदै, क-कसले पाइन्छ भर्न ?
काठमाडौं। मन्दाकिनी हाइड्रोपावरले ११ लाख ७६ हजार ७०३ कित्ता आइपिओ साउन ९ गतेदेखि जारी गर्ने भएको छ। बैंकले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो।
कम्पनीले जारी गर्ने आइपिओमध्ये ५% अर्थात् ५८ हजार ८०३ कित्ता सामुहिक लगानी कोष र २% अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गर्नेछ। लगानीकर्ताले यस आइपिओमा साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ। तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा साउन २३ गतेसम्म आवेदन दिन सकिने छ।
लगानीकर्ताले यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ।







डिसी नेपाल








Facebook Comment