‘म आफैंलाई मार्न चाहन्थें तर…’
काठमाडौं । इन्टरनेट सेन्सेसन उर्फी जावेद आज आफ्नै बलमा मनोरञ्जन जगतको ठूलो नाम बनेकी छिन् । उर्फी ती स्टार मध्ये एक हुन् जसले हरेक दिन मानिसको ट्रोलिङको सामना गर्नुपर्ने हुन्छ । उर्फी जावेदले आफ्नो नयाँ अन्तर्वार्तामा यस्ता केही खुलासा गरेकी छन्, जुन सुनेर तपाई छक्क पर्नुहुनेछ । उर्फीले एक नयाँ अन्तर्वार्तामा आफ्नो जीवनको कालो चरणको बारेमा धेरै रहस्य खुलासा गरेकी छिन् ।
स्पटब्वायसँगको कुराकानीमा अभिनेत्रीले आफूले जीवन त्याग गरेको समयको बारेमा बताइन् । आफूसँग बस्नको लागि घर पनि नभएको र पार्कमै सुत्नुपरेको समय रहेको उर्फीले बताइन् । तर आज उनले सबै कुरा आफ्नै बलमा हासिल गरेकी छिन् । उर्फी जावेदले भनिन्– एक समय थियो जब मसँग बस्न घर थिएन । म पार्कमा बस्ने गर्थे । एक बिन्दुमा म पार्कमा सुत्थे। केही दिन साथीको घरमा बसे । जाडोमा म बिना ओढ्ने र ओछ्यान भुइँमा सुतेकी छु।
उर्फीले थप भनिन्- तर आज मसँग सबै छ। जब म विगतलाई फर्केर हेर्छु, म भाग्यमानी, धन्य र कृतज्ञ महसुस गर्छु। मैले हार नमानेकोमा मलाई गर्व छ । मलाई याद छ कि कहिलेकाहीँ म गिभअप गर्न चाहन्थें। म आफैलाई मार्न चाहन्थे। तर त्यो कठिन समयमा मैले हार नमानेकोमा म खुसी छु। सबैजना आफ्नो जीवनमा डिप्रेशनबाट गुज्रिरहेका हुन्छन् । आफ्नो परिवारलाई खान र खुवाउन पैसा हुदैन तब धेरैले आत्महत्या गर्ने सोच्ने गर्छन् । तर म यी सबैको सामना गर्दै बाँचेँ, किनभने म बाँच्न चाहन्थें। आत्महत्या गर्न म निकै कमजोर छु ।’
उर्फीले थप भनिन्, ‘जब कसैले मलाई कमजोर देखाउन खोज्छ, म उसलाई गलत साबित गर्न जिद्दी गर्छु । मानिसहरूले मलाई धेरै फोहोर कुराहरू भनेका छन्- तिमी शोमा साइड रोल गरिरहनेछौ, तिमी यस्तो छौ। तिमी गरिब छौ । एउटा घटनाको स्मरण गर्दै उर्फीले भनिन्–‘मलाई याद छ, एकपटक म एउटा ठूलो रेष्टुरेन्टमा गएको थिएँ, जहाँ धेरै ठूला स्टारहरू आउँछन् । त्यहाँ एक जना वेटरले तपाई यहाँको सदस्य हुनुहुन्न भनी गाली गरेका थिए । उसले मलाई बाहिर जान भन्यो र सबैले हेरिरहेका थिए। त्यो मेरो लागि निकै लाजमर्दो क्षण थियो । यस्ता कुराले मलाई बलियो बनाएको छ ।’







डिसी नेपाल







Facebook Comment