समुद्रमा नम्रता मल्लको किलर पोज
काठमाडौं । भोजपुरी अभिनेत्री नम्रता मल्ल हरेक दिन बोल्डनेसको कीर्तिमान तोडिरहेकी छिन् । सेतो बिकिनीमा तस्बिर पोष्ट गरेर फेरि पनि उनले फ्यानको मनमा हलचल मच्चाएकी छिन् । पछिल्लो तस्बिरमा नम्रता समुद्रको बीचमा सेतो बिकिनीमा पोज दिइरहेको देखिन्छ । समुद्रको सुन्दर दृश्य र त्यसमाथिबाट भोजपुरी नायिकाको बोल्डनेसले तापक्रम निकै बढाएको छ ।
सेतो बिकिनीमा नम्रताले ठूला झुम्का लगाएर कपाल खुला राखेकी छिन् । भिजेको लुगामा नायिकाको छुट्टै बोल्डनेस देखिन्छ । सायद यही कारणले हो कि उनलाई देख्नेहरूको मन नियन्त्रणमा छैन। तस्विर शेयर गर्दै उनले लेखेकी छिन्, ‘मलाई एक्लै बस्न मन पर्छ ।’ एउटा कुरा मान्नुपर्छ कि नम्रता मल्ल स्टाइलका साथै क्याप्सन लेख्नमा पनि निपुण भइन् ।
जहिले पनि नम्रता मल्लका तस्विरलाई फ्यानबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ । कतिपयले उनलाई ‘हट’ भनेका छन् भने कोही उनको सौन्दर्यबाट लोभिएका छन् । नम्रता मल्लको तस्बिर हेरेर धेरै उनको टोन्ड फिगरबाट प्रभावित भएका छन् ।

















डिसी नेपाल







Facebook Comment