साउन दोस्रो सातासम्ममा नयाँ पार्टी घोषणा गर्छौंः महेन्द्र यादव (अन्तर्वार्ता)
पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) बिभाजित भएसँगै बाबुराम भट्टराईको पहलमा नयाँ पार्टी गठन गर्ने पहल थालिएको हो।
जसपाको बाबुराम भट्टराई पक्षधरको काठमाडौमा असार २८ गतेदेखि छुट्टै बैठक बसेसँगै उनी पक्षीय नेताहरुलाई उपेन्द्र यादवले कारबाही गरेका छन्। आफूहरुलाई यादव पक्षको कारबाहीपछि संघीय परिषद अध्यक्ष भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण तहका नेता कार्यकर्तालाई पार्टी पुनर्गठनको लागि आह्वान गरेका थिए। भट्टराई पक्षधरको अब कसरी अघी बढ्छ भनेर महेन्द्र राय यादवसँग गरिएको कुराकानी ।
उपेन्द्र यादव पक्षले तपाईलाई पदमुक्त गरेको छ । अब तपाईहरूको रणनीति के हुन्छ ?
उपेन्द्र यादव पक्षले हामीमाथि गरेको कारबाही प्रेस रिलिज जारी गरेर खारेज गरिसकेका छौं । अब पार्टी पुर्नगठन गर्छौ यसको तयारी पनि गरिसकेका छौं । साथै, थप छलफललाई पनि सँगै लगिरहेका छौं । हाम्रो पार्टीको विस्तारित बैठकले पार्टीको सम्पूर्ण निर्णय गर्ने जिम्मेवारी कार्यकारीलाई दिएको छ । उहाँले परिस्थिति अध्ययन गरेर ठोस निर्णय लिनु हुने नै छ ।
पार्टीको कार्यकारी भनेको को ? बाबुराम भट्टराई ?
उहाँ मात्रै होइन । हामी ८–९ जना छौं ।
नयाँ पार्टी गठनको बारेमा पनि छलफल अघि बढाएको हो र ?
त्यो प्रक्रिया पनि अगाडि बढ्न सक्छ । बढ्नु पनि पर्छ । पुर्नगठनको परिस्थिति हेरेर अघि बढ्छौँ । अहिले त हामी छलफलकै चरणमा छौं । हामीलाई पनि निर्वाचनमा जानु नै छ । यसका लागि एउटा पार्टी नबनाई त सम्भव नै भएन नी ।
तपाईहरूलाई उपेन्द्र यादवले पार्टीबाट मुक्त गर्ने तर सांसद पद भने यथावत रहने भनिरहेका छन् नी ?
उनले कहाँ के गरे, कसो गरे त्यो उहाँकै विषय हो । उहाँका सबै निर्णयलाई हामीले खारेज गरिसकेका छौं । हामीले जनता समाजवादी पार्टी ९जसपा०को केन्द्रीय कमिटीको छुट्टै बैठक बसेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाइसकेका छौं ।
तपाईहरूलाई बिरगंज बैठकको निम्तो आएन ?
निम्तो आयो आएन ठूलो कुरा होइन । बिरगंज बैठकअघि नै पार्टीको बैठकमा पनि हामीलाई बोलाइएको थिएन । संसदीय दलको बैठक बारे पनि हामीलाई कुनै जानकारी गराइएन । यसरी लगातार बैठकमा नबोलाउनुबाट के देखिन्छ भने पार्टीको विधि विधानभन्दा फरक र गलत भइरहेको छ । यही क्रममा बिरगंज बैठक पनि भयो । यासबारेमा हामीसँग कुनै छलफल भएको थिएन । हामीलाई बोलाइएको पनि थिएन ।
बिरगंज बैठकअघि पार्टीको मुख्यालयमा तीन जनाबीच छलफल हुनुपर्ने थियो त्यो भएन । दोस्रो, बैठक बसे पनि हामीलाई जानकारी दिइएन् । संसदीय दलको बैठकमा पनि कुनै जानकारी गराइएन् । यसरी एउटा समुहले एक पक्षीय ढंगले अघि बढेपछि हामी जाने अवस्था नै भएन । त्यसैको परिणाम स्वरुप हामीले पार्टीको विस्तारित बैठक बोलाएका हौँ ।
तपाईहरूले यता बैठक बोलाए पनि पार्टीको बहुमत केन्द्रीय सदस्य त बिरगंज गए नी ?
बहुमत सदस्य जता गए पनि उनीहरूले दिएको सन्देश महत्वपूर्ण छ । उनीहरु सबैको माग अझै पनि पार्टी एकताका लागि छलफल, वार्ता गर, पार्टी पुर्नसंरचना गर भन्ने छ । यो माग महत्वपूर्ण कुरा हो । संख्या ठूलो कुरा होइन ।
तपाईहरूले यता बैठक नबढेको भए वातावरण अर्कौ बन्न पनि सक्थ्यो नी होइन ?
अनि बिरगंज बैठकमा नबोलाएका हामी केन्द्रीय सदस्यहरु कहाँ जाने त रु पार्टीबाट हामीलाई कुनै जानकारी नआएका साथीहरू एक ठाउँमा भेला हुनु त पर्यो । यही कारण जडिबुटी बैठक आह्वान गरिएको हो ।
भनेपछि उपेन्द्र यादवसँग मिलेरअघि बढ्ने ‘च्याप्टर क्लोज’ नै भइसकेको हो ?
हाम्रो तर्फबाट यो पार्टीलाई बचाउन म र साथीहरूले बैठकबाटै आह्वान गरेका छौं । पहिला पनि पार्टी बचाउन धेरै नै प्रयास गरेकै हौ । यसरी पार्टी बचाउनुको एक मात्रै उदेश्य के थियो भने हामी जसपालाई एउटा वैकल्पिक शक्तिका रुपमा बनाउछौं भन्ने नै थियो । तर, उहाँहरुले पार्टी कम्जोर बनाउने बिभाजनको बाटोतर्फ लैजाने गरिरहनु भयो ।
तपाईले यत्रो काम गर्दा गर्दै पनि तपाईलाई साथ दिइरहेका साथीहरु बिरगंज बैठकमा गए नी ?
हामी अहिले पनि एउटै दलमा छौं । साथीहरु कहाँ गए कता गए ठूलो कुरा होइन । उहाँहरुसँग अहिले पनि मेरो नियमित कुराकानी भइरहेको छ ।
पार्टी एकताको बारेमा उपेन्द्र यादवसँगै अहिले पनि कुरा हुन्छ ?
होइन । पार्टी एकता च्याप्टरको त उहाँहरुले ढोका बन्द गरिसक्नु भएको छ । हामीले बैठकबाट पार्टी एकताको लागि आह्वान गर्दा उहाँले बैठकबाट त्यसतर्फ अघि बढ्ने निर्णय गर्नुपथ्र्यो । त्यो भएन । उहाँले गर्नु भएको कामबाट नै हामीले नयाँ बाटो लिएका हौँ ।
समावेशी लोकतान्त्रिक पार्टी भनेर नयाँ दल गठन गर्दै हुनुहुन्छ रे हो ?
यो पार्टी त स्थानीय तह निर्वाचन ताका नै दर्ता भइसकेको छ । यसमा अहिलेसम्म कुनै प्रकारको छलफल भएको छैन । तर साउनको दोस्रो हप्तासम्ममा नयाँ घोषणा चाहि हुन्छ ।







डिसी नेपाल








Facebook Comment