मेस्सीको गोलमा पीएसजी विजयी

डिसी नेपाल
५ साउन २०७९ ७:१९
188
Shares

काठमाडौं। प्रि-सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मैत्रीपूर्ण खेलमा जित निकालेको छ।

बुधबार भएको खेलमा पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकाल्यो।

उसको जितमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र अर्नाेउ कालीमुइन्डो मुइंगाले समान एक गोल गरे। घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए। प्रि–सिजनमा पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले फ्रान्सेली क्लब क्वीभिलीमाथि २–० को जित निकालेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *