संसदीय समितिमा जनार्दनको बयान : बजेट निर्माणमा अनाधिकृत व्यक्तिकाे संलग्नता छैन
काठमाडौं। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अपरिचित व्यक्तिको घुसपैठ भएको आरोप निराधार भएको दाबी गरेका छन्।
संसदीय छानविन समितिमा आज बयान दिँदै तत्कालीन अर्थमन्त्री शर्माले बजेट बनाउने क्रममा बाहिरको व्यक्ति भित्र पस्ने सम्भावना नरहेको दाबी गरेका हुन्।
उनले आफू विरुद्ध लागेका सबै आरोपको खण्डन गर्दै बजेट निर्माणका क्रममा कुनै अनाधिकृत व्यक्ति मन्त्रालय प्रवेश नगरेको बताएका हुन्।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ। उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो।
१० दिनको म्यादसहित असार २२ मा गठन भएको समितिको म्याद बिहीबार सकिँदैछ। तर, समितिले समय सीमाभित्र छानबिन नसकिएकाले समय थप गर्ने तयारी गरिएको हो।
केही व्यक्तिको बयान लिन बाँकी रहेको छ भने सिसिटिभीको हार्ड डिस्क जाँचका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ।
उक्त रिपोर्ट आएपछिमात्र समिति टुंगोमा पुग्न सक्ने भएकाले त्यसका लागि समय थप गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने निर्णय समितिको छ।







डिसी नेपाल








Facebook Comment