राप्रपा परित्याग गरेका चार नेता राप्रपा नेपाल प्रवेश गर्दै

डिसी नेपाल
५ साउन २०७९ १२:४३
48
Shares

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्ट हुँदै राप्रपा परित्याग गरेका चार नेता आज कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्दै छन्। राप्रपा नेतृत्वप्रति असन्तुष्ट हुँदै नेताहरु दीलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठले पार्टी छाडेका थिए।

आज दिउँसो उनीहरुलाई राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापाले उनीहरुलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको राप्रपा नेपालका एक नेताले जानकारी दिए। ‘पार्टीमा आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा सर्वसत्तावाद र अहंकार मौलाएको’ आरोप लगाउँदै चार नेताले पार्टी परित्याग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.