प्रेस युनियन महाधिवेशनः इतर समूहबाट पनि उम्मेदवारको लाग्यो टुंगो
काठमाडौं। नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशनकालागि संस्थापनइतर समूहका तर्फबाट पनि उम्मेदवारको टुंगो लागेको छ।
अध्यक्षमा शिव लम्साल उम्मेदवार बन्ने भएका छन् भने महासचिवमा दिलिप पौडेल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष खुलातर्फ राममणी दाहाल र नकुल अर्याल तथा उपाध्यक्ष महिलातर्फ सलोजा दाहाल उम्मेदवार बन्ने निश्चित भएको छ। कांग्रेसमा इतर समूहको नेतृत्व डा.शेखर कोइरालाले गरिरहेका छन्।
संस्थापन अर्थात् प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पक्षले भने यसअघि नै उम्मेदवार टुंगो लगाइसकेको छ।
संस्थापनबाट अध्यक्षमा अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र महासचिवमा जगन्नाथ दुलाल उपमहासचिवमा केशब सावद, खगेन्द्र भण्डारी र कोषाध्यक्षमा माधव धिताललाई उम्मेदवार बन्ने तय भएको छ। प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा हुँदै छ।







डिसी नेपाल








Facebook Comment