जिन्सका कारण ट्रोलको शिकार बनिन् उर्वशी

डिसी नेपाल
५ साउन २०७९ १७:२६
3.7k
Shares

काठमाडौं । उर्वशी रौतेला बलिउडकी सबैभन्दा स्टाइलिस नायिकामा गनिन्छिन् । उनी बलिउडका ती अभिनेत्री मध्येकी एक हुन् जसले मोडलिङपछि फिल्ममा पाइला टेकेकी थिइन् र छोटो समयमा नै धेरै चर्चा कमाएकी थिइन् । उर्वशी यतिबेला आफ्नो फिल्म द लिजेण्डका कारण चर्चामा छिन् । अभिनेत्रीले पनि आफ्नो इन्स्टाग्राममा फिल्मका धेरै तस्विर र भिडियो पोस्ट गरिरहेकी छिन् । हालै उनले थप केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी निकै ग्ल्यामरस देखिएकी छिन् ।

रिप्ड जिन्स लाइट ग्लिटरिङ पिंक टपमा उर्वशी निकै सुन्दर र स्टाइलिश देखिन्छिन्। उनको खुला कपाल, आँखामा स्याडो र अनुहारमा चमकदार मेकअप छ। यसरी रिप्ड जिन्समा उर्वशी रौतेला किलर देखिएकी छिन् र फ्यानहरुले उनको तारिफ गरिरहेका छन् । तर केही प्रयोगकर्ताहरू छन् जसलाई उर्वशीको रिप्ड जिन्सको फेसन मन परेको छैन । एक प्रयोगकर्ताले टिप्पणी गरे- कपडा तलबाट च्यातिइरहेको छ।

उर्वशीले विमानको बिजनेश क्लासमा बसेर खिचिएका यी तस्विर साझा गरेकी हुन् । उर्वशीले एक रिल भिडियो पनि सेयर गरेकी छिन् जसमा उनी आफ्नो प्यान इन्डिया फिल्म द लिजेन्डको गीतमा नाच्दै देखिएकी छिन्। यो भिडियो पोस्ट गर्दै उर्वशीले लेखिन्- पोपोपो हुक स्टेप डान्स च्यालेन्ज। उर्वशी रौतेलाले ती तस्बिरहरू आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गर्दै यो फिल्मको प्रमोशनका लागि युएई, मलेसिया, सिङ्गापुरलगायतका ठाउँमा पुग्ने जानकारी दिएकी छन् । ‘द लिजेन्ड’ उर्वशीको पहिलो तमिल फिल्म हो जसमा उनीसँग अरुल सरवणन र विजय कुमार जस्ता कलाकारहरू देखिनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.