नेमकिपाको प्रस्ताव: लिखित अन्तवार्ता पछि मात्रै नागरिकता

डिसी नेपाल
६ साउन २०७९ १४:२९
76
Shares

काठमाडौं। नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मेका आधारमा नागरिकता दिनु अघि अन्तवार्ता लिनु पर्ने प्रस्ताव गरेको छ।

प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीकातर्फवाट सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तवार्ता पछि मात्रै जन्मको आधारमा नागरिकता दिनु पर्ने प्रस्ताव गरेका छन्।

‘नेपालमा जन्मेर मात्रै हुदैँन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देश प्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ बर्ष पछि र बेलायतमा ६ बर्ष पछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० बर्ष बसेकाले मात्रै नागरिकता दिने ब्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तवार्ता दिनुपर्छ।’ जारी बैठकमा सरकारले पेश गरेको नागरिकता बिद्येयकका बारेमा छलफल जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.