राप्रपा नेपाललाई ‘गाई’ चिन्ह प्रदान गर्न सर्वोच्चको अन्तरिम आदेश

डिसी नेपाल
८ साउन २०७९ १९:०६
416
Shares

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चुनाव चिन्ह प्रदान गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

निर्वाचन आयोगले राप्रपा नेपाललाई गाई चुनाव चिन्ह नदिएपछि कमल थापाले सर्वोच्चमा रिट हालेका थिए । न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले आज गाई चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश दिएको हो ।

योसँगै अब राप्रपा नेपाललाई गाई चिन्ह पाउने बाटो खुलेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.