द्रौपदी मुर्मुले आज राष्ट्रपतिको सपथ लिँदै

डिसी नेपाल
९ साउन २०७९ ८:०४
100
Shares

नयाँ दिल्ली। भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनियताको सपथ लिँदैछिन्। मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनियताको सपथ लिनेछिन्।

प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराउनेछन्। सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नेछन्।

त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान ९ः४२ बजे राष्ट्रपति भवनको प्रांगणमा हुनेछ। तर, पानी परेमा सो कार्यक्रम स्थगित हुने सपथ कार्यक्रमको तालिकामा उल्लेख छ। ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन्। उनी भारतका १५औँ राष्ट्रपति हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.