प्रेस युनियन निर्वाचनः देउवा प्यानल पराजित

डिसी नेपाल
९ साउन २०७९ ११:२५
400
Shares

काठमाडौं। नेपाली कांग्रेस निकट लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा संस्थापनइतर पक्ष अर्थात डा.शेखर कोइराला पक्ष विजयी भएका छन्।

बागमती  प्रदेशको राजधानी हेटौँडामा भएको महाधिवेशनमा संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्ष पराजित भएका छन्।हेटौँडामा यही साउन ६ र ७ गते भएको महाधिवेशनमा संस्थापन इतर समूहका उम्मेदवार शिव लम्साल, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित अधिकांश पदमा लम्सालको प्यानल विजयी भएका छन्।

अध्यक्षमा संस्थापन पक्षकी अनिता बिन्दुलाई लम्सालले हराएका हुन् । लम्सालले ७४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी थिइन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा इतरपक्षका प्रेम केसीले संस्थापनका सरोज अधिकारीलाई पराजित गरे ।

उपाध्यक्षमा इतरपक्षका नकुल अर्याल र भिष्मराज ओझा निर्वाचित हुँदा संस्थापनका राममणि दाहाल र शेखर रेग्मी पराजित भएका छन् । त्यस्तै, उपाध्यक्ष महिलामा इतरपक्षकी सलोजा दाहालले संस्थापनकी कल्पना शर्मालाई पराजित गरेकी छिन्।

उपाध्यक्षमा बागमतीमा जीवन भण्डारी विजयी भएका छन्। महासचिवमा इतरपक्षका दिलिप पौडेलले संस्थापनपक्षका जगन्नाथ दुलाललाई पराजित गरे । युनियनको आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये एक हजार ३९७ मत खसेको थियो।

नेपाली कांग्रेसको भ्रातृसंस्था अर्थात् शुभेच्छुक संस्थाको महाधिवेशनको इतिहाँस हेर्दा अधिकांक्ष पदाधिकारीहरु संस्थापन पक्ष कै हुने गरेको थियो। तर युनियनको यो महाधिवेशनमा संस्थापन पक्षका उम्मेदवार पराजित भएपछि देउवा समूहलाई ठूलो धक्का लागेको छ।

युनियनको यो महाधिवेशनमा कांग्रेसको गत मंसिरमा भएको १४ औँ महाधिवेशनमा जस्तै प्यानल सहित संस्थापन पक्ष र संस्थापन इतर पक्ष छुट्टाछुट्टै टिम बनाएर निर्वाचनमा होमिएको थियो।

महाधिवेशनमा उम्मेदवारी टुंग्याउन संस्थापन पक्षले युनियनका निवर्तमान अध्यक्ष बद्री सिग्देल सहितको कार्यदल बनाएर उम्मेदवार चयन गरेका थिए। सो कार्यदलमा बद्री सिग्देल,पूर्वअध्यक्ष समिरजंग शाह, डा. सुरेश आचार्य, डा. नवराज लम्साल र नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा कार्यदल गठन भएको थियो।सो कार्यदलले अनिता बिन्दुको प्यानल सहतिका नाम फाइनल गरेको थियो।

तर इतर समूहले भने महाधिवेशनको अघिल्लो दिनमात्र उम्मेदवार टुंगो लगाएको थियो। युनियनको महाधिवेशन ८ बर्षपछि भएको हो ।
यसअघिको पोखरा महाधिबेशनबाट अध्यक्षमा तत्कालिन संस्थापनईतर (शेरबहादरु देउवा) प्यानलबाट बद्री सिग्देल निर्वाचित भएका थिए । र सिग्देलसँग उनै शिव लम्साल पराजित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.