स्थानीय तह प्रमुखको समग्र मतमा एमाले पहिलो दल, वडाध्यक्षको आधारमा कांग्रेस
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको आधिकारिक मत परिणामसहितको विवरण सार्वजनिक गरेको छ ।
आयोगले मंगलवार पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनको आधिकारिक सम्पूर्ण सिट र मत परिणामसहितको विवरण सार्वजनिक गरेको हो ।
३२९ स्थानीय तहको प्रमुख पद जितेर सिटमा पहिलो बनेको नेपाली कांग्रेस प्रमुख पदको समग्र मतमा भने एमालेभन्दा पछि परेको छ । स्थानीय तह नगरप्रमुख पदमा एमालेले ३८ लाख २१ हजार ६०६८मत पाएको छ भने कांग्रेसले ३७ लाख ४६ हजार ७५१ मत पाएको छ ।
कांग्रेसले प्रमुख पदमा प्राप्त गरेको मतभन्दा एमाले करिब एक लाख मतले अगाडि रहेको छ । तेस्रो स्थानमा माओवादी केन्द्रले १३ लाख ३७ हजार ९०५ मत पाएको छ ।
जसपा ५ लाख ५७ हजार ६६२ मतसहित चौथो स्थानमा रहेको छ भने नेकपा एसले ४ लाख ५८ हजार ४६० मत पाएर पाँचौँ स्थानमा रहेको आयोगले जनाएको छ ।
हेर्नुहोस स्थानिय तह प्रमखु\उपप्रमखु तथा अध्यक्ष\उपाध्यक्ष पदमा प्राप्त गरेको मत र प्रतिशतको दलगत विवरण
वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा भने कांग्रेस पहिलो भएको छ । आयोगको विवरण अनुसार कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ ।
आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।
हेर्नुहोस वडाध्यक्ष पदमा प्राप्त गरेको मत र प्रतिशतको दलगत विवरण







डिसी नेपाल








Facebook Comment