मन्त्री शशी श्रेष्ठले नन्दलाई दिइन् सरकारी नियुक्ति

डिसी नेपाल
११ साउन २०७९ १०:१९
2.0k
Shares

काठमाडौँ। भूमि, व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिलाएकी छिन्। मन्त्रालय अन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय गरेर नियुक्ति दिलाएकी हुन्।

सरकारी सेवाबाट दुई वर्षअघि मात्र सेवा अवकास पाएकी उर्मिलालाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी संस्थाबाट ‘नक्कली’ अनुभवपत्र बनाउन लगाएर नियुक्त गरेपछि उनको आलोचना भएको छ।

मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका भनिएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरी मुद्दा चलाएकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.