एसपीपीमा सहभागी नहुने पत्राचार गर्न संसदीय समितिको पुनः निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)का सम्बन्धमा नेपालको सहभागिता नरहने सरकारको निर्णय अविलम्ब अमेरिकालाई पत्राचार गर्न पुनः निर्देशन दिएको छ ।
समितिले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण पनि माग गरेको छ । एसपीपीमा नेपाल सहभागि नहुने भनेर मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदहरुले एसपीपीका सम्बन्धमा पत्राचार नहुनुका कारणबारे समितिको ध्यानाकर्षण गराएपछि समितिको बैठकले त्यसबारे पत्राचार गर्न पुनः निर्देशन दिएको हो ।
सांसदहरूको ध्यानाकर्षणपछि बैठकलाई सम्बोधन गर्दै समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपीका सम्बन्धमा सम्पूर्ण कागजातको छाँया प्रति समितिलाई उपलब्ध गराउन समितिले रक्षा मन्त्रालयलाई पुनः पत्राचार गर्ने र त्यसको जवाफ आएपछि छलफल गरी अगाडि बढ्ने बताइन् ।
सभापति खरेलले समितिको बैठकमा प्रधानमन्त्रीलाई दुई पटकसम्म बोलाइएको भए पनि उपस्थित हुन नसकेकाले समितिले पुनः उनलाई बोलाउने र एसपिपिका सम्बन्धमा प्रधानमन्त्रीले समितिलाई स्पष्ट पार्नुपर्ने पनि बताइन् ।







डिसी नेपाल








Facebook Comment