अमेरिकी सहायक विदेशमन्त्री लु उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय

डिसी नेपाल
१३ साउन २०७९ ७:५०
44
Shares

काठमाडौं। बिहीबार काठमाडौं उत्रिएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आजदेखि राजनीतिक भेटघाटमा सक्रिय हुने भएका छन्।

सहायक विदेशमन्त्री लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्दैछन्। यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिप) अस्वीकार गरेको केही समयपछि उनी नेपाल भ्रमणमा आएका हुन्। काठमाडौंस्थित अमेरिकी दूतावासले लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा नेपाल आएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.