कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख

डिसी नेपाल
१४ साउन २०७९ २१:३०
44
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिए ।

“उहाँको स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने, “अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।” अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.