आज साउन १५, काठमाडौंमा १ लाख ३० हजार लिटर दुध खपत हुने अनुमान

डिसी नेपाल
१५ साउन २०७९ १०:५५
56
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक दुधको माग बढ्दै गइरहेको छ। उपत्यकामा मानिसको चाप बढेसंगै दुधको माग पनि बढ्दै गइरहेको हो।

काठमाडौँ उपत्यकामा दैनिक ७५ हजार लिटरदेखि ८० हजार लिटरसम्म दुध बिक्री हुने गरेको दुग्ध विकास संस्थानका सुचना अधिकृत राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।  उनले भने,’अहिले उपत्यकामा दैनिक ७५ हजार लिटरदेखि ८० हजार लिटरसम्म दुध बिक्री हुन्छ र दैनिक दुधको माग पनि बढ्दै गइरहेको छ।’

आज साउन १५ गते भने दुधको माग अरु समयको तुलनामा अधिक हुने गर्दछ।  हिन्दु संस्कृती अनुसार साउन १५ गते खिर खाने चलन भएको हुनाले आजको दिन अरु समयको तुलनामा अधिक दुधको माग हुने गरेको छ। आजको दिन करिब १ लाख ३० हजार लिटरसम्म दुध बिक्री हुने अनुमान रहेको दुग्ध विकास संस्थानका सुचना अधिकृत अधिकारीले जानकारी दिए। गत वर्ष यही दिन करिव १ लाख २५ हजार लिटर दुध बिक्री भएको उनी बताउँछन्। त्यही भएर अहिले पनि त्यही अनुरुप दुधको माग बढ्ने उनको अनुमान रहेको छ।

दुग्ध विकास संस्थानको नेटवर्क देशभरी नै फैलिएको छ। अहिलेसम्म करिब ४४ वटा जिल्लासँग सम्झौता भएको दुग्ध विकास संस्थानका सुचना अधिकृत अधिकारीले बताए।  साथै, दुग्ध विकास संस्थानले त्यस क्षेत्रबाट व्यपारीकारण र दुध सङ्कलन दुवै हुने गरेको पनि उनले बताए।

दुग्ध विकास संस्थानले आवश्यक मात्रामा दुध आपूर्ति गर्नको लागि नयाँ नयाँ क्षेत्रमा दुध सङ्कलन गर्ने बुट सञ्चालन गरी आफ्नो नेटवर्क थप्दै गईरहेको छ। उनले भने,’ देशैभरि आफ्नो नेटवर्क थप्दै बजार बढाउदै लैजाँदा त्यससम्बन्धि खर्च बढ्दै गएको छ।’

जाडो मौसममा बजारको डिमाण्डभन्दा बढी दुध उत्पादन हुने र गर्मि मौसममा बजारको डिमाण्डभन्दा कम दुध उत्पादन सङ्कलन हुने अधिकारीले बताए। ‘बजारमा गुणस्तरीय दुधको आपूर्तिको नियमित व्यवस्था मिलाउन नयाँ क्षेत्रको विकास गरिरहेका छौँ’ उनले भने,’जति पनि दुध छ हामीले नियमित रुपमा किसानहरुसँग उठाई रहेका छौँ।’ उनले थपे-दुधको उत्पादन बढी भएको बेलामा विभिन्न धुलो दुध, मखन बनाएर स्टक राख्छौँ र जुन समयमा आवश्यक मात्रामा दुध संकलन हुन्न त्यससमय बजारको माग परिपूर्ति गर्नको लागि स्टक रखिएको दुध मिलाएर आपूर्ति पुरा गर्ने गरेको छ।

उपत्यका बजारमा दैनिक ७५ हजारदेखि ८० हजार लिटर दुध वितरण हुने भएकोले डिडिसीको ग्राहक करिब ७५ हजारदेखि १ लाखसम्म रहने अनुमान गरिएको अधिकृत अधिकारीले बताए। उनले भने,’अहिलेसम्म हामीले ग्राहकको अथेन्टिक  डाटा निकालेका छैनौँ,  दैनिक  ७५ हजार लिटर दुध बजारमा जाने भएकोले करिब १ लाखसम्म ग्राहक हुने अनुमान छ। ‘

काठमाडौँ उपत्यका भित्र संस्थानको दुध बेच्नको लागि १२०० वटा रजिस्टर बुट छ र उपत्यका बाहिर हरेक जिल्लामा करिव १०० वटा बुट रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.