ओप्पोको ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपाली बजारमा
काठमाडौँ। ओप्पो ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपाली बजारमा सार्वजनिक गरेको छ। सार्वजनिक गरेको उक्त स्मार्टफोन २डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षा मापदण्डहरुसहित उत्पादकता सुविधाहरूले भरिएको छ, जसले गर्दा यसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनकाअनुभवहरू अघिल्लो फोनमाभन्दा धेरै छन्।
“हामी यस्तो युगमा बाँचिरहेका छौँ जहाँ हामी सबै जीवनको आनन्दलिन चाहन्छौँ।” ओप्पो नेपालका प्रमुखकार्यकारी अधिकृत जोनलीले भने “हाम्रा अग्रणी प्रविधिहरुका साथ, ओप्पो सबैको जीवन, सपना र सद्गुणहरुको माग पूरा गर्न प्रतिबद्व छ र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरुलाई लाभ पु¥याउने सामाजिक जिम्मेवारीहरु लिई अगाडी बढी रहेका छौँ। यो ओप्पोको दिगो विकासको भावना हो जसलाई हामीले हरेक दिन आत्मसात गर्छौ ।”
त्यस्तै, अधिकांश प्रयोगकर्ताहरू ब्याट्रीको आयु र मनोरञ्जन अनुभवको बारेमा चिन्तित छन्। उनीहरुले गुणस्तरको कदर गर्छन् र राम्रो देखिने फोन चाहन्छन्। उनीहरुको आवश्यकताअनुसार, ओप्पो ए५७मा ५००० एमएएच् ब्याट्री, ६.५६ एच्डी + कलर–रिच डिस्प्ले, हाई – ईन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ IPX4 वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउँदा हुने स्क्यार्चबाट पनि बच्न सक्नुहुन्छ डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो।
क्यामेरा
यसमा ५० एमपी प्राइमरी क्यामेरा र २० एमपी डेप्थ सेन्सर र अगाडी, ८० एमपी सेल्फीक्यामेरा रहेका छन् । भिडियोहरूको लागि, यसले पछाडी र अगाडि दुवै क्यामेराबाट 1080 पीमा भिडियोहरू खिच्न सक्छ।
डिस्प्ले
यसमा ६० हर्ज रिफ्रेस दरको साथ ६.५६ ईन्च एच्डी+आइपी एसप्यानल रहेको छ। स्क्रिनले DCI-P3 कलर गामटको ९६% कभर गर्दछ। डिस्प्लेमा सेल्फी क्यामेराको लागि वाटरड्रप नोच छ, फोनको माथिल्लो भाग र साईड बेजेल न्युनतम छन् र तलको भागअलि ठूलो छ।
हार्डवेयर क्वालिटी
ओप्पोए७७मा मिडीया टेक हेलियो जी३५ ४ जीबीर्याम र १२८ जिबीईन्टर्नल स्टोरेजको साथआएको छ। हेलियो जी३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स–ए५३) सिपीयु र पावर भीआर जीई८३२०जिपीयु भएको १२ एनएमचिपसेट हो। साथै, क्ष्एह्द्धद्वारा प्रमाणित वाटर रेसिष्टेन्सका साथ सामान्यतवरबाट चलाउँदास्क्यार्च नहुने र औँलाका डामहरु नबस्ने गरी बनाइएको छ।
पर्फमेन्स
कलर्सओएस १२.१ ले एन्ड्रोइड १२ माआधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ।ओप्पो ए७७ ४जीफोनमा ५००० एमएएच्ब्याट्रीसँग आउँछ र ग्क्द्य–सी पोर्ट मार्फत ३३ वाट द्रुत चार्जिङलाई समर्थन गर्दछ।
गोपनीयताको संरक्षणः
फोटो वा भिडियोहरू सार्वजनिकगर्दा, तपाईं भौगोलिकजानकारी र अन्यफोटो जानकारी (फोटोको नाम, सुटिङ समय, र क्यामेरा मोडेल र प्यारामिटरहरू सहित) हटाउन छनौट गर्न सक्नुहुन्छ । गोपनीयता ड्यासबोर्डले २४ घण्टामा तपाईको क्यामेरा, माइक्रोफोन र स्थानजानकारी सहिततपाईको व्यक्तिगत डेटामा कुन–कुनएपहरु प्रयोग गरेको छ भनेर पनिहेर्न सक्नुहुन्छ ।
कलर रिच र आई–कम्फर्ट डिस्प्ले
६.५६ ईन्च डिस्प्लेले ९६% NTSC कलर गामुट (100% DCI-P3)लाई कभर गर्दछ । यो फोनमाभएको आँखा कम्फर्ट मोडले, स्क्रिन हेर्न अझ सहजबनाएको छ ।
ठूलो भोल्युम र साउन्ड क्वालिटीमा गुणस्तरीयता
ओप्पो ए७७ओप्पोकोे मूल्यदायरा भित्रको एक मात्रफोन हो जसमा डुअल स्टेरियो स्पिकरहरू छन् जुन सामान्यतया फ्ल्यागशिपमोडलहरूमामात्र रहन्छ। सुपर भोल्युममोडमा, डुअल–स्पीकर फोनले सबै आवाजहरू भेट्न सक्छ । अडियो र भिडियो प्लेब्याकः म्ष्चबअ घ।ण् ले अझयसको आवाजलाई थपशुद्वबनाउँछ ।







डिसी नेपाल








Facebook Comment