जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त, आजै सपथ हुने

डिसी नेपाल
१५ साउन २०७९ १६:१८
160
Shares

काठमाडौं।जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले बताए।

।२०७८ असार २९ गते अर्थमन्त्री बनेका शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो।त्यसबारे छानबिन गर्न समिति बनेकै   असार २२ गते शर्माले पदबाट राजीनामा दिएका थिए।

तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएसँगै शर्मा पुनः अर्थमन्त्रीको रुपमा नियुक्त भएका हुन्। उनको सपथ आज साँझ ५ः३० मा हुने डा.अधिकारीले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.