अर्थमन्त्री जनार्दन शर्माद्वारा पदभार ग्रहण (तस्बिरहरु)
काठमाडौं। करका दर हेरफेर गरेको आरोपमा राजीनामा दिएका जनार्दन शर्माले राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गरेकी हुन्। संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।
नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहण पश्चात बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सवलिकरण गर्ने आवश्यकता रहेको बताए। उनले आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सवलिकरणका लागि आफू लागि पर्ने प्रतिवद्धता जनाए।
मन्त्री शर्माले बजेट कार्यान्वयनमा भएका कमजोरीलार्ई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयन गर्ने बताए। उनले मन्त्रालयका कर्मचारीको सहकार्यमा मन्त्रालयको काम गर्ने बताए।
मन्त्री शर्माले बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए। मन्त्री शर्मा माथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो। त्यसबारे छानबिन गर्न संसदीय समिति बनेकै दिन असार २२ गते शर्माले पदबाट राजीनामा दिएका थिए। समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो।










डिसी नेपाल








Facebook Comment