नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो हटाएपछि सवारी सञ्चालनमा
चितवन। अविरल बर्षका कारण आइतवार राती झरेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ। सो सडक खण्ड अन्तर्गतको भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित आइतवार राती खसेको पहिरो पन्छाए पछि सडक दुइतर्फी सञ्चालनमा आएको हो।
तयारी अवस्थामा रहेका दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइए पछि सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment