अरनिको राजमार्गमा २० मिटर सडक भासियो, चीन जाने सवारी सधानको आवागमन रोकियो
काठमाडौँ। अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ।
सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ। सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment