आर्थिक वर्ष २०७८/७९मा ५ अर्बको आईपीओ बजारमा
काठमाडौँ। गत आर्थिक वर्ष २०७८/७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन्। नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन्।
जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा लगानी र एक जीवन बीमा समूहको कम्पनीले आईपीओ जारी गरेको थियो। आईपीओ जारी गर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै मध्यभोटेकोशी जलविद्युतले ९० करोड रुपैयाँ र साहस उर्जाले ७० करोड रुपैयाँको सेयर बिक्री गरेका हुन्।
त्यस्तै, सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको सेयर आईपीओमार्फत बिक्री गरेको थियो। कम्पनीहरुले पुँजी जुटाउन सर्वसाधारणलाई सेयर बिक्री गर्दछन्। यसले उनीहरुलाई थप लगानी गर्न रकम प्राप्त हुन्छ। आईपीओमा आम लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ। लगानीकर्ताहरुको आकर्षणसँगै डिम्याट खाताको संख्या पनि उच्च गतिमा वृद्धि हँदै ५३ लाख नाघेको छ।







डिसी नेपाल








Facebook Comment