सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१६ साउन २०७९ १०:४३
1.1k
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ।

आइतबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, सोमबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १ हजार २३० रुपैयाँ कायम रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.