नेसनल माइक्रोफाइनान्स लघुवित्तको सेयर फेरि लिलामीमा

डिसी नेपाल
१६ साउन २०७९ १२:४०
28
Shares

काठमाडौं।नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सोमबारबाट ७९ हजार ८७३ कित्ता संस्थापक सेयर पुनः लिलामीमा बिक्री खुला गरेको छ ।कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।

उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक, व्यक्ति, कम्पनी वा संस्थाले २२ साउनसम्म एनआइबीएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेस गर्न सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.