श्रीमानले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

डिसी नेपाल
१६ साउन २०७९ १८:३७
2.6k
Shares

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको घट्नामा हत्यापछि आत्महत्या भएको खुलेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट तीनजनाको हत्या भएको पत्ता लगाएको हो । बाँकी एकजनाले भने आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।

प्रहरी स्रोतका अनुसार पतिले पत्नी र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गरेको घटनास्थल भेटिएको ‘सुसाइड नोट’ थप प्रष्ट पारेको हो । घटनामा मृतकहरुमा ४१ वर्षीय दिनेश पाण्डे र ३९ वर्षीया सुनिता पाण्डे दम्पत्ति हुन् । १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे उनीहरुका छोराछोरी हुन् ।

सुनिता दुई दिनपछि बेलायत जाने तयारीमा थिइन् । दिनेश र सुनिताबीच विवाद थियो । लामो समय वैदेशिक रोजगारीमा बसेर केही वर्ष अघि फर्किएका दिनेश पसल थापेर बसेका थिए ।

दिनेश र सुनिताबीचको विवाद प्रहरीसम्म पुगेको थियो । पटक पटक मिलापत्र पनि गरिएको थियो । दिनेशले सुनितामाथि शंका गर्थे । धेरै विवाद भएपछि सुनिताले विदेश जाने तयारी गरिन् । त्यसप्रति दिनेश सन्तुष्ट थिएनन् । उनले योजनावद्ध तरिकाले पत्नीको हत्या पछि छोराछोरीको समेत हत्या गरी आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।

प्रहरीले मृतक चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । गोरखा भीमसेन गाउँपालिका–६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.