काठमाडौंबाट धादिङ र चितवन भएर गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक

डिसी नेपाल
१७ साउन २०७९ १०:१५
888
Shares

काठमाडौँ। धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाण्डौको नयाँबसपार्क, कलंकी, गौशला र भक्तपुरबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो दूरीका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ। अवरुद्ध सडक खुलेसँगै सवारी साधन सञ्चालनमा आउने छन्।

चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेका कारण गएरातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोला, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित २ र ३ नम्बर पुलको बीचमा पहिरो खसेको छ। जसका कारण गत रातदेखि नै सवारी आवागमन रोकिएको र पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रातिदेखि रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ।

लम्जुङको वेशीशहर नगरपालिका १ उदिपुर र मर्स्याङ्दी गाउँपालिका ४ काभ्रेभिरमा मंगलबार बिहानै पहिरो खसेको छ। जसका कारण लम्जुङ हुँदै मनाङ जाने सवारी साधन रोकिएका छन्।

पृथ्वी लोकमार्गअन्तर्गगत धादिङको बेनिघाट रोराङ गाउँपालिका १० तिङ्ग्राङ खानीमा पनि आज बिहानै पहिरो खस्दा आवागमन अवरुद्ध भएको छ । आज बिहान ३ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको छ। धादिङकै धुनिवेशी नगरपालिका ९ स्थित निमार्णाधिन सुरुङमार्ग नजिकै गएराति खसेको पहिरो भने पन्छ्याइएको छ। पहिरो पन्छ्याइएसँगै सवारी साधन एकलेनमा आलोपालो चल्न थालेका छन्। पहिरो पुर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.