औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता लिन सरकारसँग माग

डिसी नेपाल
१७ साउन २०७९ १४:२५
48
Shares

काठमाडौँ। नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरुको बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन आग्रह गरेको छ।

पररसंघका कार्यवाहहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको पररसंघ टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्त्री दिलेन्त्रप्रसाद बडू र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापनले बढाएको भाडा फिर्ता गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न आग्रह गरेको हो।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ मंसिर २०७५ को बैठकले सरोकावालाहरूको असहमति हुँदाहुँदै १ साउन २०७५ देखि लागू हुने गरी अधिकतम ६८७ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो।

उद्योगीहरूको असहमति तथा विरोधपछि सो निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्ततृ अध्ययन गर्न तत्कालीन उद्योगमन्त्रीले निर्देशन दिएका थिए। तर गत २२ असारमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बैठकले १ साउन २०७५ देखिकै भाडा असुल गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.