नेपालगञ्जबाट गाईको मासुसहित दुई जना पक्राउ

डिसी नेपाल
१७ साउन २०७९ २२:४१
164
Shares

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट आज प्रहरीले गाईको मासुसहित दुई जनालाई पक्राउ गरेको छ ।

गाई काट्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१७ थुकैलाका ४६ वर्षीय सलाउद्दीन जोलाहा र सोही ठाउँका ५३ वर्षीय बदरुद्दीन जोलाहालाई डेढ क्विन्टल गाईको मासुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनीहरुसँग गाई काट्न प्रयोग हुने औजारसमेत प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि गौबधसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.