कल्की जयन्ती मनाइँदै

डिसी नेपाल
१८ साउन २०७९ ७:४१
28
Shares

काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ। कल्की भगवान् विष्णुको दशौँ अवतार हो। वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ।

कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ। जब कलियुगमा सबैतिर लुटमार, हिंसा, अत्याचारलगायत बढ्छ त्यसपछि यो अवतार हुने विषय विभिन्न पुराणमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन्। उनले भने, “त्यस समयमा अधर्मी पापीको नाशसँगै कलियुग समाप्त हुन्छ।”

कल्की अवतारपछि कलि युग समाप्त भई सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ। पुराणमा उल्लेख भएको कथाअनुसार कलियुगमा पापको सीमा नाघेपछि दुष्टहरूको संहार गर्नका लागि कल्की अवतार प्रकट हुन्छ।

सम्भल ग्राम मुख्यस्य ब्राह्मणस्य महात्मनः भवने विष्णुयशसः कल्कि प्रादुर्भविष्यति।।’ अर्थात्-सम्भल ग्राममा विष्णुयश नामको श्रेष्ठ ब्राह्मणको पुत्रको रूपमा भगवान् कल्कीको जन्म हुनेछ।

भगवान् कल्की देवदत्त नामको घोडा चढेर सवारी भई आफ्नो तलवारले दुष्टहरूको संहार गर्नु हुने मान्यता छ। त्यसपछि सत्य युगको प्रारम्भ हुने विश्वास गरिएको छ। कल्की अवतार कलि युगको अन्त्यका लागि हुने मान्यता छ। कल्की भगवान्को कथा कल्की, अग्निलगायत पुराणमा उल्लेख गरिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.