जाजरकोटका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

डिसी नेपाल
१८ साउन २०७९ ८:०६
268
Shares

सुर्खेत। जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन्। वेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन्।

नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ।

कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए। सरकारी कार्यालय भित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्वारीपन ? भन्दै नेकपा भेरी नगर कमिटी ईन्चार्ज विराजन शाहीले कारवाहीको माग गरेको बताए।

यसवारेमा बुझन खोज्दा आफ्नै क्वाटरको बाहिर साथीभाई बसिरहेको कार्यालय प्रमुख धितालको भनाइ छ तर प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारवाही गरिने बताए । उनले भने, ‘भोली विहान छलफलका लागि बोलाएका छौं आवश्यक कारवाही हुन्छ।’ न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.