मंसिर ४ मा निर्वाचन गर्ने गठबन्धनमा सहमती, अब बस्ने मन्त्रिपरिषद्ले मिति घोषणा गर्ने

डिसी नेपाल
१८ साउन २०७९ १८:४५
96
Shares

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते एकैचरणमा देशभर  प्रतिनिधिसभा र प्रदेशको निर्वाचन गर्ने तयारी गरेको छ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बुधबार बालुवाटारमा बसेको बैठकमा मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमती भएको छ ।

अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने सहमती भएको गठबन्धनका एक नेताले जानकारी दिए ।

यसअघि निर्वाचन आयोगले मंसिर २ गते निर्वाचन गर्नका लागि सरकारलाई सुझाव दिएको थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरेका थिए।

अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति घोषणा गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.