करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ

डिसी नेपाल
२० साउन २०७९ ६:४२
44
Shares

उदयपुर। जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई पक्राउ गरेको छ।

उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाय पाएका चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले पक्राउ गरेको हो।

फरार प्रतिवादी चौधरी ०७१ साल वैशाख २० गते घटनास्थलबाट फरार भएका थिए। उनलाई उदयपुर जिल्ला अदालतले ०७४ साल फागुन २७ गते फैसला गरि ६ वर्ष कैद सजाय सुनाएका थिए । प्रहरीले अदालतको फैसला कार्यान्वयनमा सघाउ चौधरीलाई पक्राउ गरि अदालत बुझाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.