६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति

डिसी नेपाल
२२ साउन २०७९ ९:५६
84
Shares

वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ। प्रदेशको सरकारको कूल रु ६ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएको हो।

मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गते सम्म यो सडकखण्डको निर्माण सम्पन्न हुने जनाइएको छ। उक्त सडक स्तरोन्नतिको काम शिवा कन्स्ट्रक्सन प्रालि, काठमाडौँले पाएको हो।

वीरगञ्ज –१६ नगवादेखि साढे चार किलोमिटर लम्बाइको सडक निर्माणका लागि काम सुरु भएको छ। एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निमार्णको योजना अघि बढाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.