मेगा बैंकको खुद नाफा २१.७८ प्रतिशतले वृद्धि, यस्तो छ अन्य सुचकको अवस्था
काठमाडौँ। मेगा बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा २१.७८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष बढाएर २ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी २.०४ प्रतिशतले बढेर ५ अर्ब ९१ करोड पुगेको छ। समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १२.१२ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब पुगेको छ भने कर्जा प्रवाह ७.५९ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब पुगेको छ।
यो असार मसान्तसम्ममा बैंकको खराव कर्जा केहि घटेको छ। बैंकको खराव कर्जा १.२३ प्रतिशतबाट घटेर ०.७४ प्रतिशत कायम भएको छ। १६ अर्ब १२ करोड चुक्ता पूँजी रहेको बैंकको रिजर्भमा ६ अर्ब ८५ करोड रहेको छ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १४२ रुपैयाँ ५२ पैसा रहेको छ ।







डिसी नेपाल








Facebook Comment