गत साता घटेको सेयर बजार यो साता बढ्ला ?
काठमाडौँ। गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंक घटेर बन्द भयो।
अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से गत साता २६.८४ अंक घटेर २११३.५५ विन्दुमा बन्द भएको हो। साताको ६ कारोबार दिनमध्ये चार कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको थियो।
गत साता पहिलो दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने बाँकी चार दिन ओरालो लागेको थियो। गत साता नेप्सेको पाँच दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी बढेको र सो दिन बजारमा बिक्री चाप बढेको संकेत गर्दछ।
नेप्से ओरालो लागे पनि गत साता भोल्यूम भने बढेको छ। गत साता नेप्सेमा दैनिक औसतमा तीन अर्ब ८३ करोडको सेयर कारोबार भएको छ। यससँगै नेप्सेको २० दिने औसत भोल्यूम दुई खर्ब ८७ करोड रुपैयाँ पुगेको छ।
१३ उपसमूहमध्ये गत साता ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी सात उपसमूहको परिसूचक घटेको छ। गत साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.७२ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.६९ प्रतिशत घटेको छ।
नेप्सेजस्तै यस उपसमूहको पाँच दिने इएमए पनि २० दिने इएमएभन्दा माथि छ। साताको अन्तिम कारोबार दिन यस उपसमूहले बियरिस मैनबत्ती बनाएको छ । जसले सो दिन बजारमा बिक्रीकर्ताहरूको चाप बढेको संकेत गर्दछ।







डिसी नेपाल








Facebook Comment