१०.२७ अंकले बढ्यो सेयर बजार, लाइफ इन्स्योरेन्सबाहेक सबै उपसुचकमा हरियाली

डिसी नेपाल
२२ साउन २०७९ १५:१४
112
Shares

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज नेप्से १०.२७ अंकले बढेर २ हजार १२३.८२ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज १३ करोड ८९ लाखभन्दा बढीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसुचकमध्ये लाइफ इन्स्योरेन्सबाहेक सबै उपसुचक बढेको छ। आजको कारोबारमा मनकामना स्मार्ट लघुवित्त र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, नयाँ सारथी लघुवित्त र सिमलिंग पावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.